Rumpum Advertisement

नहरमा डुबेर युवकको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
नहरमा डुबेर युवकको मृत्यु

विराटनगर, १२ असोज । सुनसरीको देवानगञ्जमा पानीमा डुबेर एक युवकको मृत्यु भएको छ । देवानगञ्ज गाउँपालिका–३ का २२ वर्षीय उमेश मण्डलको पानीमा डुबेर मृत्यु भएको हो ।

जन्मजात मूर्छा पर्ने उनलाई मानसिक रोगसमेत रहेको थियो । चर्पी गर्न नहर छेउमा गएका उनलाई १ घण्टासम्म घर नआएपछि परिवारले खोजी गर्दा नहरमा घोप्टो परेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतकलाई पोस्टमार्टमका लागि इनरुवा अस्पताल लगिएको र घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय देवानगञ्जले जनाएको छ ।