Rumpum Advertisement

मुम्बईलाई बैंग्लोरको २०२ रनको लक्ष्य

Neuro Revised Adv
Koshi Dashain ad
मुम्बईलाई बैंग्लोरको २०२ रनको लक्ष्य

विराटनगर, १२ असोज । तेहौं संस्करणको इन्डियन प्रिमिय लिग (आईपीएल) रोयल च्यालेन्जर्स बैंग्लोरले साविककाे विजेता मुम्बई इन्डियन्सलाई २०२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०१ रन बनायो ।

बैंग्लाेरका लागि एबी डी भिलियर्स अजिवित अर्धशतकीय इनिंग्स खेले । २४ बल खेलेका उनले ४ चाैका र ४ छक्काकाे सहायतामा ५५ रन जोडे । यस्तै देबदत्त पाडिकलले ५४ रन जाेड्दा आरोन फिन्चले ५२ रन जोडे । शिवम डुबेले अजिवित रहँदै २७ रन जोड्दा कप्तान विराट कोहली ३ रनमै आउट भए ।

बलिङतर्फ ट्रेन्ट बल्टले २ तथा राहुल चाहारले एक विकेट लिए ।

यस खेलमा दुवै टोली दोस्रो जितको खोजीमा छन् । माहेला जयवर्दनेको प्रशिक्षणमा रोहित शर्माको नेतृत्वमा आईपीएल खेलिरहेको मुम्बई पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग पराजित भएको थियो । तर दोस्रो खेलमा मुम्बईले कोलकता नाइट राइडर्सलाई ४९ रनले हराएको थियो ।

उता पहिलो खेलमा सनराइजर्स हैदराबादलाई दस रनले हराउँदै प्रतियोगिताको सुखद सुरुआत गरेको बैंग्लोर आफ्नो दोस्रो खेलमा भने किंग्स एलेभेन पञ्जाबसँग ९७ रनको भारी अन्तरले पराजित भएको थियो ।