Rumpum Advertisement

नेयमार घाइते

Neuro Revised Adv
Koshi Dashain ad
नेयमार घाइते

विराटनगर, १२ असोज । पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड नेयमार घाइते भएका छन् । रेइम्सविरुद्धको खेलबाट मैदान फर्किएका ब्राजिलियन स्टार नेयमारले चोट बोकेको पीएसजीका प्रशिक्षक थोमस टुचेलले जनाएका छन् ।

फ्रेन्च लिग वानमा डिफेन्डिङ च्याम्पियन (पीएसजी) रेइम्समाथि २–० गोलको जित निकालेको थियो । आइतबार राति आफ्नो पाँचौं खेल खेलेको पीएसजीले रेइम्सलाई उसैको मैदानमा हराउँदा माउरो इकार्डीले दुवै गोल गरेका थिए ।

सोही खेलबाट नेयमार मैदान फर्किएका थिए । मार्सेइलीसँगको खेलमा दुई खेलको प्रतिबन्ध लागेका नेयमार रेइम्सविरुद्धको खेलबाट मैदान फर्किएका हुन् । तर, खेलको दोस्रो हाफमा उनी घाइते भएका थिए । तथापि, उनले निर्धारित समय खेलेका थिए ।

टुचेलले नेयमारले चोट बोकेको जानकारी दिँदै यसबारे विस्तृत विवरण दिन नसक्ने जनाए । चिकित्सकसँग छलफल गरेपछि मात्र नेयमारको चोटको विषयमा जानकारी दिने टुचेलको भनाइ छ ।

‘मलाई लाग्छ नेयमारको चोट सामान्य छ तर नहुन पनि सक्छ’, खेलपछि पत्रकारसँग बोल्दै  टुचेलले भने, ‘मलाई अहिलेसम्म थाहा छैन । मैले यस विषयमा डाक्टरसँग कुरा गर्नुपर्छ । उनी घाइते भए पनि डाक्टरसँगको छलफलपछि मात्र उनको चोटको विषयमा जानकारी दिनेछु ।’