Rumpum Advertisement

कोरोनाको कारण ‘बालिका वधु’का निर्देशक तरकारी बेच्न बाध्य

Neuro Revised Adv
Koshi Dashain ad
कोरोनाको कारण ‘बालिका वधु’का निर्देशक तरकारी बेच्न बाध्य

विराटनगर, १२ असोज । बलिउड निर्देशक रामवृक्ष गौड ठेलागाडामा तरकारी बेच्न बाध्य भएका छन् । चर्चित टेलिसिरियल ‘बालिका बधु’ लगायत थुप्रै टिभी सिरियल र फिल्मलाई निर्देशन गर्ने राम कोरोना भाइरसका कारण काम विहीन भएपछि आफ्नो बुबाको पेशा अंगाल्दै ठेलामा तरकारी बेचिरहेका छन् ।

लकडाउनअघि रामले फिल्ममा काम गर्ने सोच बनाएका थिए । तर, लकडाउनका कारण सुटिङ स्थगित भयो ।

निर्मातालाई सम्पर्क गर्दा कम्तिमा एक वर्ष वा सोभन्दा धेरै समय लाग्न सक्छ भनेपछि रामले ११ कक्षामा पढ्ने आफ्नो छोरासँग तरकारी बेच्ने निर्णय गरेका हुन् ।

फिल्मको लागि ठाँउ हेर्न आफ्नै घर उत्तर प्रदेशको आजमगढमा पुगेका निर्देशक लकडाउनका कारण मुम्बाई फर्कन पाएनन् ।

व्यापारसँग परिचित भएका राम भन्छन्, ‘यसमा मलाई कुनै पश्चाताप छैन । मुम्बईमा मेरो आफ्नै घर छ र म विश्वस्त छु कि म एक दिन फर्किनेछु । त्यतिन्जेल, म यहाँ हुँदा आफूले जे सक्छु त्यहि गर्दैछु ।’

रामले यशपाल शर्मा, मिलिन्द गुणाजी, राजपाल यादव, रणदीप हुडा, सुनिल शेट्टीजस्ता ठूला कलाकारको फिल्ममा सहायक निर्देशकको रूपमा पनि काम गरेका छन् ।