Rumpum Advertisement

सरकारले भन्यो : पीसीआर परीक्षणका लागि कसैलाई पनि बाध्य नपार्नू

Neuro Revised Adv
Koshi Dashain ad
सरकारले भन्यो : पीसीआर परीक्षणका लागि कसैलाई पनि बाध्य नपार्नू

काठमाडाैं, १२ असाेज । सरकारले मापदण्डविपरीत पीसीआर परीक्षणका लागि कसैलाई पनि बाध्य नपार्न आग्रह गरेको छ । मन्त्रिपरिषद्को निर्यण सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मापदण्डविपरीत पीसीआर परीक्षणका लागि कसैलाई पनि बाध्य नपार्न आग्रह गरेका हुन् ।

घरधनीहरूले परीक्षणका लागि दवाव दिने गरेको गुनासो आएकाले त्यसो नगर्न उनले अग्रह गरे । पीसीआर रिपोर्ट नभई धरधनीले डेरामा बस्नेलाई पस्न नदिएको र औद्योगिक प्रतिष्ठानले काम गर्न नदिएको सुन्नमा आएको भन्दै उनले जबर्जस्ती पीसीआर परीक्षणका लागि बाध्य नपार्न उनले आग्रह गरेका हुन् ।