Rumpum Advertisement

कोरोना कहिले नियन्त्रणमा आउँछ भनेर अनुमान गर्न सकिने अवस्था छैन : मन्त्री ज्ञवाली

Neuro Revised Adv
Koshi Dashain ad
कोरोना कहिले नियन्त्रणमा आउँछ भनेर अनुमान गर्न सकिने अवस्था छैन : मन्त्री ज्ञवाली

काठमाडाैं, १२ असाेज । सरकारले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । लकडाउन खुकुलो जोखिम कम भएर नभइ जीवन र जिविका चलाउन सहज बनाएइको भन्दै सतर्कता अपनाउन सरकारले आग्रह गरेको हो ।

सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले कोरोना कहिले नियन्त्रणमा आउँछ भनेर अनुमान गर्न सकिने अवस्था नरहेको बताए । उपत्यकालगायत विभिन्न जिल्लाहरूमा दिनदिनै संक्रमण बढिरहेको अवस्थामा सरकारले सबैले उच्च सतर्कता अपनाएर सहयोग गर्न उनले आग्रह गरे ।

उनले भने, ‘कोरोना महामारी रोकिएको छैन । युरोपेली देशहरूले दोस्रो वेवसमेत सामना गर्नुपरेको छ । नेपालमा संक्रमण बढिरहेको छ । कुन बिन्दुमा पुगेर ओरालो लाग्छ । नियन्त्रणमा जानछ भनेर अनुमान गर्न सकिने अवस्था छैन । जोखिम कम भएर होइन । जीवन र जीविकाको बीचमा सन्तुलन मिलाउनुपर्ने आवश्यकताले केही सेवा क्षेत्र खुकुलो गरिएको हो । यो बेला सबैको उच्चस्तरको सतर्कता अपनाउन जरुरी छ । सबैको साथ र सहयोगको जरुरत रहेको छ ।’