Rumpum Advertisement

नियमित रूपमा मास्क धुएर नलगाए घाँटीमा समस्या हुने

Neuro Revised Adv
Koshi Dashain ad
नियमित रूपमा मास्क धुएर नलगाए घाँटीमा समस्या हुने

विराटनगर, १२ असोज । कोरोना भाइरस संक्रमणको जोखिम रोक्न मास्क लगाउनु अहिलेको लागि महत्त्वपूर्ण मानिन्छ ।

मास्कले हावामा रहेको भाइरसलाई श्वासप्रणालीमा प्रवेश गर्न र संक्रमण पैदा गर्नबाट रोक्छ । धेरै अध्ययनहरूले देखाएअनुसार मास्कले संक्रामक जोखिमलाई ५० प्रतिशतले घटाउन सक्छ ।

त्यसकारण, मानिसहरूलाई घरबाट निस्कनुअघि, भीडभाडमा जानुअघि, संक्रमण भएको ठाउँमा जानुअघि मास्क लगाउन निर्देशन दिइन्छ ।

धेरै व्यक्तिहरूमा लामो समयसम्म मास्कको प्रयोगका कारण अनुहारमा छालाको समस्या, एन्जाइटी, सास फेर्न गाह्रो हुने तथा चस्मा लगाउँदा समस्या हुने गुनासो गरिरहेका छन् ।

तर, अब यस सूचीमा मास्कका कारण घाँटीको दुखाइ निम्तिन सक्ने पनि थपिएको छ । अधिकांश मानिसहरूले जीवाणु र ब्याक्टेरियाको जोखिम कम गर्नका लागि नियमित रूपमा मास्क नधुने वा एउटै मास्क लामो समयसम्म प्रयोग गर्ने गल्ती गरिरहेका छन् ।

परिणामस्वरूप, मास्कमा संकलन हुने ब्याक्टेरिया, भाइरस, धूलो र एलर्जन्सले घाँटी दुख्ने समस्या निम्त्याउन सक्छ । लामो समयसम्म पनि नधोइ प्रयोग गरिएका मास्कमा यी कणहरू भइरहन्छन् ।

साना कणहरू घाँटीमा सर्छन् र यसले घ्यारघ्यार हुने तथा जलन पैदा गर्छ । कमजोर प्रतीरक्षा भएका तथा धूलोको कणहरूसँग एलर्जी हुने मानिसलाई झन् बढी समस्या हुन्छ ।

यसबाहेक, मास्क लगाएपछि अरूले स्पष्टसँग सुन्नेगरी बोल्न ठूलो स्वरमा बोल्नुपर्छ । यसले घाँटीमा अनावश्यक तनाव पैदा गरी जलन निम्त्याउँछ । हात धुएजस्तै आफ्नो मास्क धुनु पनि महत्त्वपूर्ण हुन्छ ।

मास्कको प्रयोगपछि, आफ्नो मास्क तातो पानी र साबुनले धुएर घाममा सुकाउनुपर्छ । वैकल्पिक रूपमा प्रयोग गर्नका लागि दुई वटा मास्क राख्न सल्लाह दिइन्छ ।

एक पटक लगाइसकेको मास्कलाई छुनु हुँदैन र मास्क लगाउनुअघि र पछि पनि राम्ररी हात धुनुपर्छ ।