Rumpum Advertisement

चौध वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

Neuro Revised Adv
Koshi Dashain ad
चौध वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

धादिङ, १२ असाेज । आफ्नै छोरीको बलात्कार गरेकाे आरोपमा बाबु पक्राउ परेका छन् ।

चौध वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ३५ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।

पीडितका आमा र भाइ घर नभएको बेलामा ८ असोजमा पछिल्लो पटक बलात्कार गरेको पीडितले प्रहरीलाई बताएकी छिन् । प्रहरीको सहयोगमा जिल्लामा सञ्चालित सुरक्षित आवास गृहमा राखिएकी बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ ।

घटना पटक–पटक भएको र आफ्नो आमाले घटना थाहा पाउँदासमेत आफूले न्याय नपाएपछि घर छाडेर भागेको बालिकाले बताएकी छन् ।

पाँच वर्षको उमेरदेखि नै बाबुले बलात्कार गर्दै आएकाले छिमेकीको घरमा काम गर्ने एक जनासँग भागेर काठमाडौँ जान लाग्दा पीडित बालिकाको उद्वार गरिएको थियो । रासस