Rumpum Advertisement

‘लक्ष्मी पूजा’मा समावेश ‘जिन्दगी’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

Neuro Ad
‘लक्ष्मी पूजा’मा समावेश ‘जिन्दगी’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

विराटनगर, १२ असोज । निर्माणको क्रममा रहेको फिल्म ‘लक्ष्मी पूजा’मा समावेश ‘जिन्दगी’ बोलको गीत सार्वजनिक गरिएको छ ।

मार्मिक गीतको म्युजिक भिडियोलाई बूढासुब्बा डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । दयाराम पाण्डेको शब्द रहेको गीतमा माण्डवी त्रिपाठीले स्वर भरेकी हुन् ।

उक्त गीतमा विपिन आचार्यको संगीत रहेको छ । सार्वजनिक गीतको भिडियोमा फिल्मको मुख्य कलाकार अस्मिता जुरेली, जयकिशन बस्नेत, नीर शाह तथ जाहान्वी बस्नेतलाई देखाइएको छ ।

फिल्ममा जाहान्वी बस्नेत दोहोरो भूमिकामा देखिँदैछिन् । फिल्ममा यी कलाकारका साथै, सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिका रहेको छ ।

पारिवारिक प्रेमकथा रहने फिल्ममा दसैँ र तिहारको परिवेश प्रस्तुत गरिएको छ । सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको फिल्मलाई शोभित बस्नेतले निर्माण गरेका हुन् ।

जयकुमार दर्लामीको छायांकनमा तयार हुने फिल्ममा केदार भुषालको कथा र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । समीर मियाँको निर्देशनमा तयार भइरहेको फिल्मलाई दसैंमा रिलिज गरिने बताइएको छ । हल नखुलेको खण्डमा भने फिल्मलाई डीस होममा रिलिज गरिनेछ ।