Rumpum Advertisement

आज विश्व ‘रेविजविरुद्धको दिवस’, रेबिजको लक्षण तथा रोकथाम

Neuro Revised Adv
Koshi Dashain ad
आज विश्व ‘रेविजविरुद्धको दिवस’, रेबिजको लक्षण तथा रोकथाम

विराटनगर, १२ असोज । २८ सेप्टेम्वर आज विश्व ‘रेविजविरुद्धको दिवस’ ।

२८ सेप्टेम्वर फ्रान्सका माइक्रो बायोलोजिस्ट लुइस पास्चरको निधन भएको पनि हो । पास्चरले रेविजविरुद्धको खोप पत्ता लगाएर धेरैजनाको ज्यान जोगाउन गरेको अध्ययनका लागि उनलाई याद गर्ने गरिन्छ । यस वर्षको ‘रेविजविरुद्धको दिवस’को नारा जनचेतना, खोप र उन्मुलन रहेको छ । रेविज एउटा भाइरस हो ।

रेविज भाइरसबाट संक्रमित भएका पशुहरुको टोकाइले सर्ने रोगलाई रेविज भनिन्छ । धेरैजसो मानिसमा देखिने रेविज रोगले ग्रसित कुकुरको टोकाइबाट हुने गर्छ । रेविज रोगवाट ग्रसित भएका जनावरले कुनै पनि मानिस तथा अन्य जनावरलाई टोकेर वा चिथोरेर संक्रमित ¥याल सारेपछि भाइरसले गर्दा मानिस तथा पशुको मस्तिष्क, आँखा, मुख, नाकमा रोगको प्रभाव देखिन थाल्छ ।

मानिसमा भाइरस प्रवेश गरेदेखि रोग देखा पर्न १० दिनदेखि वर्षौसमेत लग्न सक्छ । मानिसमा टोकेको ठाउमा दुख्ने, झम्झमाउने, एक्कासी चिलाउने जस्ता लक्षण देखा पर्छ । यसका साथै बिस्तारै समय बित्दै गएपछि ज्वरो अउने, जाडो लाग्ने, थकित हुने, मांसपेशी दुख्ने, रिसाउने, बाझ्ने तथा झर्कने जस्ता लक्षणहरू देखिन थाल्छ ।

रोग लागेको अन्तिम अवस्थामा पुग्दा बिरामीलाई स्वास फेर्न गाह्रो हुने, खानेकुरा निल्न नसक्ने, मांशपशीहरूमा कम्पन हुने, दुख्ने र पानीसम्म निल्न गाह्रो हुँदै जान्छ र अन्तिम अवस्थामा पुगेको बिरामी प्रायः बाँच्दैनन् । रेबिज लागेका बिरामीहरू पानी देखि तर्सने गर्दछन् ।

त्यसैले रेविजको रोगबाट बच्न आफ्नो घरमा पालेको जनावर र विशेषगरी कुकुरलाई समयमैं रेविजविरुद्धको खोप लगाइदिन जरुरी हुन्छ । यदि लगाइसकेको भए पनि अन्य संक्रमित जनावरहरूसँग उनीहरूको सम्पर्क र संसर्ग नहोस् भन्ने कुरामा विशेष सचेतना हुन आवश्यक देखिन्छ । कुनै जनावरले टोके सिधै अस्पताल गई डाक्टरको परामर्श लिन आवश्यक हुन्छ ।