Rumpum Advertisement

कोरोना संक्रमणमुक्त जिल्ला बन्यो इलाम

Neuro Revised Adv
Koshi Dashain ad
कोरोना संक्रमणमुक्त जिल्ला बन्यो इलाम

इलाम, १२ असाेज । कोरोना सङ्क्रमण महामारी चलिरहँदा पहिलो पटक इलाम कोरोना संक्रमणमुक्त जिल्ला बनेको छ ।

कोरोनाका सक्रिय सङ्क्रमितहरू निकाे भएर घर फर्किएपछि इलाम कोरोना सङ्क्रमणमुक्त भएको हो ।

२७ जेठमा जिल्लामा पहिलो सङ्क्रमित फेला परेकामा तीन महिनापछि कोरोना पोजिटिभको सङ्ख्या शून्य भएको हो ।

जिल्लामा अहिलेसम्म ९३ व्यक्ति सङ्क्रमित भएकामा सबैजना उपचारपछि घर फर्किसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार पछिल्लोपटक चुलाचुली गाउँपालिकाका एक युवकमा कोरोना पोजिटिभ देखिएकामा उनको रिपोर्ट नेगेटिभ आएको छ ।

अहिलेसम्म जिल्लामा चार हजार ९७७ जनाको पीसीआर परीक्षण गरिएकामा चार हजार ८६१ जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।

जिल्लामा गत जेठमा दुई, असारमा १४, साउनमा ६६ र भदौमा ११ जनामा कोरोना पोजिटिभ देखिएको थियो ।

जिल्लामा सबैभन्दा बढी इलाम नगरपालिका ५७, सूर्याेदय नगर १५, सन्दकपुर गाउँपालिका आठ, माई नगर पाँच, देउमाई नगर चार, चुलाचुली तीन र रोङ गाउँपालिकाका एक जनामा सङ्क्रमण पुष्टि भएको थियो । रासस