Rumpum Advertisement

सन् २०२४ मा चन्द्रमाको सतहमा पहिलो पटक महिलाले पाइला टेक्ने

Neuro Revised Adv
Koshi Dashain ad
सन् २०२४ मा चन्द्रमाको सतहमा पहिलो पटक महिलाले पाइला टेक्ने

विराटनगर, १२ असोज । सन् २०२४ मा पहिलो पटक चन्द्रमाको सतहमा महिलाले पाइला टेक्ने सम्भावना देखिएको छ ।

बीबीसीमा उल्लेख गरिएअनुसार अमेरिकी अन्तरिक्ष संस्था नासाले अबको चार वर्षमा पहिलो पटक चन्द्रमाको सतहमा महिलालाई ओराल्ने गरी २८ अर्ब अमेरिकी डलर खर्च हुने एउटा योजना सार्वजनिक गरेको छ । आर्टिमस नाम दिइएको त्यस अन्तरिक्ष कार्यक्रममा नासाले पाँच दशकपछि चन्द्रमामा एक पुरुष र एक महिलालाई पठाउँदैछ ।

चन्द्रमाको सतहमा यसअघि सन् १९७२ मा अन्तिम पटक मानवले पाइला टेकेको थियो । ओरिअन नाम दिइएको अपोलोजस्तै यात्रुवाहक यानमा अन्तरिक्षयात्रीहरू चन्द्रमामा पुग्नेछन् । नासाले विभिन्न कम्पनीलाई ९०.७ करोड डलर दिएर चन्द्रमामा अवतरण गर्ने यानको डिजाइन र निर्माणको जिम्मा दिइसकेको छ ।

सन् २०१९ को जुलाईमा नासाका प्रशासक ब्रिडेन्सटिनले चन्द्रमा पुग्ने महिला अन्तरिक्षयात्री राम्रोसँग अन्तरिक्ष उडानको अनुभव भएकी तथा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा बसिसकेकी हुने खुलाएका थिए । चन्द्रमामा पुनः मानिसलाई पठाएर ह्वाइट हाउसले अन्तरिक्षमा आफ्नो देशको अग्रता नवीकरण गर्न चाहेको छ ।

अमेरिकाले चन्द्रमाको दक्षिणी ध्रुवबाट महत्वपूर्ण मानिने हिउँ खोज्ने योजना बनाएको छ, जुन भेटिए चन्द्रमामै रकेटलाई चाहिने इन्धन बनाउन प्रयोग गर्न सकिन्छ ।