Rumpum Advertisement

कोरोनाबाट थप चार संक्रमितको मृत्यु

Neuro Ad
कोरोनाबाट थप चार संक्रमितको मृत्यु

विराटनगर, १२ असोज । नेपालमा सोमबार कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित ब्रिफिङका क्रममा आज थप चार जनाको कोरोनाबाट ज्यान गएको जानकारी दिएको छ ।

यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४८१ पुगेको छ ।

सोमबार थप १३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको मन्त्रालयले जानकारी दिएको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ रहेको छ ।

नेपालमा कोरोनामुक्त हुनेको संख्या ५४ हजार ६४० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७४२ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।