Rumpum Advertisement

मेस्सीबाट सिक्दैछन् फाती

Neuro Revised Adv
Koshi Dashain ad
मेस्सीबाट सिक्दैछन् फाती

विराटनगर, १२ असोज । बार्सिनोलाका युवा स्टार अन्सु फातीले कप्तान लियोनल मेस्सीबाट आफूले सिकिरहेको बताएका छन् ।

ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा दुई गोल गरेका फातीले खेलपछि पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् ।

बार्सिलोनाले आफ्नै मैदान क्याप नोउमा भएको खेलमा भिल्लारियलमाथि ४–० गोलको जित दर्ता गरेको थियो । घरेलु टोलीलाई जिताउन फातीले दुई गोल गर्दा लियोनल मेस्सीले एक गोल गरेका थिए । बार्सिलोनाले एउटा आत्मघाती गोल उपहारमा पाएको थियो ।

जितसँगै बार्सिलोनाले नयाँ सिजनमा सुखद सुरुआत गरेको छ । ‘मेस्सीसँग खेल्नु मेरा लागि सपना हो । बाल्यकालमा देखेको सपनामा म बाँचिरहेको छु । मेस्सीले मलाई प्रशस्त सुझावहरू दिएका छन् । उनले मलाई मैदानमा र अभ्यासमा प्रशस्त सहयोग गरेका छन्,’ फातीले भने ।

उनले थपे, ‘म सधैँ आफूलाई सुधार गर्न चाहन्छु । म सहकर्मीबाट सिक्न चाहन्छु । किनकि मेरा वरिपरि विश्वका उत्कृष्ट खेलाडीहरू छन्, जसले मलाई सधैँ सहयोग गर्न कोशिश गरिरहेका छन् ।’