Rumpum Advertisement

पौडेल नेतृत्वको समूहद्वारा सभापति देउवाविरुद्ध विरोध पत्र दर्ता

Neuro Revised Adv
Koshi Dashain ad
पौडेल नेतृत्वको समूहद्वारा सभापति देउवाविरुद्ध विरोध पत्र दर्ता

काठमाडौं, १२ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध वरिष्ठ नेता रामचन्द्र नेतृत्वको समूहले विरोधपत्र दर्ता गराएको छ ।

केन्द्रीय सदस्यद्वय नवीन्द्रराज जोशी र दीपक गिरीले पार्टी केन्द्रीय कार्यालयमा पुगेर सोमबार विरोधपत्र दर्ता गराएका हुन् ।

१४औँ महाधिवेशनलाई प्रभावित पार्ने गरी सभापति देउवाले गरेका नियुक्ति, महाधिवेशनका तयारी, क्रियाशील सदस्यतालगायतका विषयप्रति पौडेल समूहले असहमति जनाएको छ ।

देउवालाई सम्बोधन गर्दै केन्द्रीय कार्यालयमा सोमबार दर्ता गरिएको पत्रमा १९ असोजअघि आफ्ना मागको सुनुवाई हुनुपर्ने माग राखिएको छ ।

सभापति देउवाले बोलाएको केन्द्रीय समिति बैठकको मिति असोज १९ लाई समयसीमा बनाएर पौडेल पक्षले आफ्नो माग दर्ता गराएको हो ।

विधानसम्मत् उठाएको विषयलाई न्यायपूर्ण र विधिसम्मत समाधान गर्न गम्भीरता र तदारुकता नदेखाए संघर्ष र विरोध कार्यक्रम गर्ने चेतावनी दिइएको छ ।