Rumpum Advertisement

युभेन्टसको भविष्य उज्जवल छ : रोनाल्डो

Neuro Revised Adv
Koshi Dashain ad
युभेन्टसको भविष्य उज्जवल छ : रोनाल्डो

विराटनगर, १२ असोज । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले युभेन्टसको भविष्य उज्जवल रहेको बताएका छन् । आइतबार राति सिरी ‘ए’ अन्तर्गत रोमाविरुद्धको खेलमा युभेन्टसलाई हारबाट जोगाएका रोनाल्डोले खेलपछि पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

साविकको विजेता युभेन्टस रोमासँग २–२ गोलको बराबरीमा रोकिएको थियो । रोमाको मैदानमा भएको खेलमा घरेलु टोलीका लागि जोर्डान भेरेटटले दुई गोल गरे भने युभेन्टसका लागि रोनाल्डोले दुई गोल गरे ।

बराबरीसँगै युभेन्टसले दुई खेलबाट ४ अंक जोडेको छ । यसअघि युभेन्टसले पहिलो खेलमा साम्पोडोरियामाथि ३–० गोलको जित निकालेको थियो ।

‘मेरो विचारमा हामीले एक अंक भए पनि हासिल गरेका छौं’, उनले खेलपछि स्काई स्पोर्ट्स इटालियासँग बोल्दै भने, ‘यो एउटा कठिन अवस्था बन्यो तर हामी खेलमा फर्कियौं । दस जनामा सीमित भएर पनि हामी हारेनौं ।’

‘हामी सिजनको सुरुआतमा छौं, यहाँ नयाँ प्रशिक्षक हुनुहुन्छ, नयाँ उपायहरू छन् । तर पनि टिमले राम्रो गरिरहेको मैले देखिरहेको छु । हामी आशावादी छौं र मैले हाम्रो टोलीको भविष्य उज्जवल देखेको छु । टिम खुशी छ र खुशीका साथ काम गरिरहेको छ ।’