Rumpum Advertisement

डिप्रेसन हुँदा देखिने यी शारीरिक लक्षणहरूलाई बेवास्ता नगर्नुहोस्

Neuro Revised Adv
Koshi Dashain ad
डिप्रेसन हुँदा देखिने यी शारीरिक लक्षणहरूलाई बेवास्ता नगर्नुहोस्

विराटनगर, १२ असोज । प्रायः डिप्रेसन भन्नेबित्तिकै मानिसहरूले यसलाई दुःख, रुने तथा निराशाको भावनाहरूसँग जोड्ने गर्छन् ।

तर, अनुसन्धानका अनुसार डिप्रेसन पनि शारीरिक पीडाको संकेतका रूपमा देखिन सकिन्छ । बिरामीहरूले शारीरिक पीडा मनोवैज्ञानिक कष्टको संकेत हुन सक्ने जान्दैनन् जसकारण डिप्रेसन भएको बुझ्नु सट्टा शारीरिक लक्षणहरूको उपचार गर्न डाक्टरहरू कहाँ जाने गर्छन् । डिप्रेसन हुँदा देखिने यी शारीरिक लक्षणहरू पनि भावनात्मक प्रभावजत्तिकै महत्वपूर्ण हुन्छन् ।

शारीरिक लक्षणहरूले डिप्रेसन अवधि सुरु हुन लागेको वा डिप्रेसनको अनुभव भइसकेको संकेत गर्न सक्दछ । अर्कोतर्फ, शारीरिक लक्षणहरूले डिप्रेसन वास्तवमा एकदम वास्तविक हो र यो हाम्रो समग्र स्वास्थ्यका लागि हानिकारक हुन सक्छ भन्ने देखाउँछ । डिप्रेसन भएको मानिसमा सबैभन्दा धेरै देखिने सामान्य शारीरिक लक्षणहरू यस्ता छन् :

– थकान वा लगातार कम ऊर्जाको स्तर जसकारण दिनभरि सुत्न मात्र मन लाग्ने हुन सक्छ । डिप्रेसनसम्बन्धी थकानले एकाग्रतामा समस्या, चिडचिडको भावना र उदासीनता निम्त्याउन सक्छ ।

– ढाड दुख्ने वा शरीरका मांसपेशीहरू दुख्ने ।

– लगातार टाउको दुखाइ, जबकि यी टाउको दुखाइलाई औषधिले केही राहत गर्छ, तर, ती सामान्यतया नियमितरूपमा फेरि देखा पर्न थाल्छ ।

– आँखामा समस्या वा हेर्नमा समस्या ।

– पेट दुख्ने वा पेटमा बेचैनी जस्तो महसुस हुने । तनाव उत्पन्न भएसँगै दुखाइ बिग्रँदै जान्छ भने यो डिप्रेसनको संकेत हुन सक्छ । पेट फुल्ने, दुख्ने र वाकवाकी लाग्ने खराब मानसिक स्वास्थ्यको संकेत हुन सक्छन् ।

– एन्जाइटी, डिप्रेसन, र पेट सम्बन्धित हुने भएकाले पाचनमा समस्या, कब्जियत वा झाडापखालाको समस्या डिप्रेसनको संकेत हुन सक्छ ।

– पीडा सहन नसक्ने हुँदा सानो दुखाइले पनि बढी चोट पु¥याइरहेको महसुस हुन सक्छ ।

लामो समयसम्म यी कुनै शारीरिक लक्षणहरूको अनुभव गर्दै हुनुहुन्छ भने तुरुन्त चिकित्सकसँग भेट्नु एकदमै आवश्यक हुन्छ ।