Rumpum Advertisement

गोन्जालो हिगुइन डेब्यू खेलमै निराश

Neuro Revised Adv
Koshi Dashain ad
गोन्जालो हिगुइन डेब्यू खेलमै निराश

विराटनगर, १२ असोज । अर्जेन्टिनी स्ट्राइकर गोन्जालो हिगुइनले इन्टर मियामीबाट अमेरिकन लिग एमएलएसमा डेब्यू गरेका छन् ।

यसै समर ट्रान्सफरमा युभेन्टसबाट मियामीमा अनुबन्ध भएका हिगुइनले आइतबार राति फिलाडेल्फियाविरुद्धको खेल खेल्दै अमेरिकन लिगमा डेब्यू गरेका हुन् ।

तर, डेब्यू खेलमै हिगुइनले निराश हुनु परेको छ । फिलाडेल्फियासँगको खेलमा मियामीले घरेलु टोलीसँग ३–० गोलको हार ब्यहोरेको थियो ।

घरेलु टोलीलाई जिताउन एन्थोनी फोन्टना, इल्सिन्हो र ब्रेन्डेन आरोन्सनले समान एक–एक गोल गरेका थिए ।

सुरुआती ११ मै रहेर खेलेका हिगुइनले भने पेनाल्टी ‘मिस’ गरेका थिए । खेलको ७७औं मिनेटमा मियामीले पेनाल्टीको मौका पाएको थियो ।

मियामीले खेलमा फर्किने मौका पाए पनि हिगुइनको प्रहार पोस्टबाट बाहिरिएको थियो । योसँगै हिगुइनले प्रहार गरेका पछिल्ला चार पेनाल्टी असफल भएका छन् ।