Rumpum Advertisement

जवरजस्ती करणी उद्योगका फरार दुई पक्राउ

Neuro Ad
जवरजस्ती करणी उद्योगका फरार दुई पक्राउ

विराटनगर, १२ असोज । दस महिनाअघि दुई महिलालाई बलात्कार प्रयास गरी फरार भएका चारजनामध्ये दुईजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

गत मंसिरमा ३३ र २२ वर्षीया महिलालाई बलात्कार प्रयास गरी फरार भएका विराटनगरका चार युवामध्ये दुईजनालाई आइतबार विराटनगर–८ स्थित सुकुम्बासी टोलबाट पक्राउ गरेको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

घटनामा संलग्नमध्ये विराटनगर–८ का २० वर्षीय मोहमद सहिद मियाँ र २५ वर्षीय मोहमद असलम मियाँ पक्राउ परेका हुन् । घटनामा संलग्न फारुक मियाँ र हसरत मियाँ भने अझै फरार छन् ।

पक्राउ परेकाहरुलाई जवरजस्ती करणी उद्योगअन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।