Rumpum Advertisement

अर्मेनिया र अजरबैजानको सीमा क्षेत्रमा भिडन्त हुँदा कम्तीमा २३ को मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
अर्मेनिया र अजरबैजानको सीमा क्षेत्रमा भिडन्त हुँदा कम्तीमा २३ को मृत्यु

विराटनगर, १२ असोज । अर्मेनिया र अजरबैजानको सीमा क्षेत्रमा दोहोरो भिडन्त हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ ।

यो भिडन्तसँगै अर्मेनिया र अजरबैजानबीच सीमा क्षेत्रलाई लिएर पुनः तनाव सुरु भएको छ । विवादस्पद क्षेत्रलाई लिएर यी दुई देशबीच वर्षौदेखि तनाव कायमै छ । यो भिडन्तपछि वर्षौपछि भएको हो । विश्वमै सीमा क्षेत्रलाई लिएर भएको पुरोना मध्ये एक युद्ध पुनः बिउँतिएको हो ।

अर्मेनिया र अजरबैजानबीच सीमा विवादलाई लिएर आइतबार भएको दोहोरो भिडन्तमा कम्तीमा २३ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मृतक कतातर्फका हुन् भन्ने खुलाइएको छैन ।

पूर्व सोभियत युनियनका दुई देशबीच नागोर्नो–काराबाख क्षेत्रलाई लिएर भिडन्त भएको हो । सो क्षेत्र अन्तर्राष्ट्रिय रुपमा अजरबैजानको भनि मान्यता प्राप्त छ । तर त्यहाँ आदिबासी अर्मेनियनको कब्जा छ । सन् १९९० को दशकको सुरुमा भएको सीमा भिडन्तमा दशौँ हजार मानिसको ज्यान गएको थियो ।

अजरबैजानका राष्ट्रपति इल्हाम एलिइभले नागोर्नो–काराबाख क्षेत्र आफूहरुको नियन्त्रण हुने दाबी गरेका छन् । सम्भावित हिंसालाई नियन्त्रित गर्न भनि अजरबैजानका केही क्षेत्रमा सैन्य कानून लागू गरिएको बीबीसीले जनाएको छ । यस्तै अर्मेनिया र नागोर्नो–काराबाख क्षेत्रमा पनि सैन्य कानून लागू भएको छ ।

विगत तीन दशकदेखि बेलाबेलामा भिडन्त हुँदै आएको कोकसेस माउन्टेन क्षेत्रमा अहिलेको भिडन्तले सघन रुप लिएको हो । गएको जुलाईमा सीमा क्षेत्रमा भएको भिडन्तमा कम्तीमा १६ जनाको ज्यान गएको थियो ।

क्यास्पियन सागरबाट तेल विश्व बजारमा ल्याउने महत्वपूर्ण करिडोर रहेको सीमा क्षेत्रमा भिडन्त भएको हो । टर्कीका राष्ट्रपति रिसेप तैयम एर्डोगानले अजरबैजानलाई आफ्नो समर्थन रहेको बताएका छन् ।

रुस लामो समयदेखि अर्मेनियाको साथमा रहँदै आएको छ । उसले तत्काल युद्धविरामका लागि पहल गर्नु पर्ने बताएको छ । यस्तै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले गम्भीर चासो व्यक्त गरेका छन् ।