Rumpum Advertisement

विश्वमा ज्यान गुमाउने संक्रमित १० लाख नाघे

Neuro Revised Adv
Koshi Dashain ad
विश्वमा ज्यान गुमाउने संक्रमित १० लाख नाघे

विराटनगर, १२ असोज । विश्वमा ज्यान गुमाउने कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघेको छ ।

२४ घण्टाभित्रमा तीन हजार आठ सय ५२ जनाको मृत्यु भएसँगै ज्यान गुमाउने संक्रमितको संख्या १० लाख दुई हजार एक सय ३७ पुगेको हो । एकै दिन दुई लाख ५० हजार चार सय ६० नयाँ बिरामी थपिएपछि संक्रमित संख्या तीन करोड ३२ लाख ९७ हजार पाँच सय एक पुगेको छ ।

संक्रमितमध्ये दुई करोड ४६ लाख २१ हजार एक सय ७० जना उपचारपछि निको भएर घर फर्किएका छन् । ७६ लाख ७४ हजार एक सय ९४ जना उपचाररत रहेकोमा ६५ हजार तीन सय ३७ जनाको अवस्था गम्भीर छ ।

अमेरिकामा हालसम्म कोरोनाका कारण दुई लाख नौ हजार चार सय ५३ जनाको मृत्यु भइसकेको छ । ७३ लाख २० हजार छ सय ६९ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

४५ लाख ५१ हजार तीन सय २१ जना उपचारपछि घर फर्किएका छन् । २५ लाख ५९ हजार आठ सय ९५ जना उपचाररत रहेकोमा १४ हजार एक सय जनाको अवस्था चिन्ताजनक छ ।

भारतमा मृत्यु हुने संक्रमितको संख्या ९५ हजार पाँच सय ७४ पुगेको छ । एकै दिन एक हजार ४० जनाले ज्यान गुमाए । २४ घण्टाभित्रमा ८२ हजार सात सय ६७ जना नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ६० लाख ७३ हजार तीन सय ४८ पुगेको छ ।

५० लाख १३ हजार तीन सय ६७ जना उपचारपछि घर फर्किएका छन् । नौ लाख ६४ हजार चार सय सात जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ को अवस्था गम्भीर छ ।

ब्राजिलमा एक लाख ४१ हजार सात सय ७६ संक्रमितले ज्यान गुमाइसकेका छन् । संक्रमित संख्या ४७ लाख ३२ हजार तीन सय नौ पुगेको छ ।

४० लाख ६० हजार ८८ जना उपचारपछि कोरोना जित्न सफल भएका छन् । पाँच लाख ३० हजार चार सय ४५ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।