Rumpum Advertisement

पञ्जाबमाथि राजस्थानको जित

Neuro Revised Adv
Koshi Dashain ad
पञ्जाबमाथि राजस्थानको जित

विराटनगर, ११ असोज । तेह्रौं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले दोस्रो जित निकालेको छ । आइतबार राति भएको खेलमा राजस्थानले किंग्स इलेभेन पञ्जाबमाथि ४ विकेटको जित निकालेको हो ।

सारजाह क्रिकेट स्टेडियममा पञ्जाबले दिएको २२४ रनको फराकिलो लक्ष्य पछ्याएको राजस्थानले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो ।

राजस्थानको जितमा सञ्जु सामसनले ८५ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान स्टिभ स्मिथले ५० रनको अर्धशतकीय इनिङ्स खेले । यसैगरी राहुल टेवटियाले ५३ रनको अर्धशतकीय इनिङ्स खेल्दा जोफ्रा अर्चरले १३ रन बनाए ।

बलिङतर्फ मोहम्मद शामीले ३ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २२३ रन बनाएको थियो ।

पञ्जाबका लागि मयांक अग्रवालले १०६ रनको शतकीय इनिङ्स खेले । ५० बलमा खेलेका मयांक आईपीएलको यस सिजन शतक बनाउने दोस्रो खेलाडी बने ।

यस्तै कप्तान केएल राहुलसँग ६९ रनको अर्धशतकीय इनिङ्स खेले भने ग्लेन म्याक्सवेल १३ तथा निकोलस पुरन २५ रनमा अविजित रहे ।

बलिङतर्फ राजस्थानका अंकित राजपुत र टम करनले समान एक–एक विकेट लिए ।

यससँगै राजस्थानले आफ्नो दोस्रो जित निकालेकाे छ । राजस्थानले यसअघि पहिलो खेलमा राजस्थानले चेन्नई सुपर किंग्समाथि १६ रनको जित निकालेको थियो । राजस्थान ४ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ ।

पञ्जाबसँग भने तीन खेलबाट २ अंक छ । पञ्जाबले पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरमाथि ९७ रनको जित निकालेको थियो भने दोस्रो खेलमा दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो ।