Rumpum Advertisement

भार्डीको ह्याट्रिकमा लेइस्टरले सिटीलाई उसैको मैदानमा हरायो

Neuro Revised Adv
Koshi Dashain ad
भार्डीको ह्याट्रिकमा लेइस्टरले सिटीलाई उसैको मैदानमा हरायो

विराटनगर, ११ असोज । इंग्लिस प्रिमियर लिगमा साविकको उपविजेता म्यानचेस्टर सिटी पराजित भएको छ । आइतबार राति आफ्नो दोस्रो खेल खेलेको सिटी लेइस्टर सिटीसँग ५–२ गोलले पराजित भएको हो ।

सिटीको मैदानमा भएको खेलमा पाहुना टोलीलाई जिताउन जेमी भार्डीले ह्याट्रिक गर्दा जेमी माडिसन र युरी टिलेमान्सले समान एक–एक गोल गरे । सिटीका रियाद महरेज र नाथन एकेले समान एक–एक गोल गरे ।

खेलमा घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो । चौथो मिनेटमा महरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । खेलको ३७औं मिनेटमा भार्डीले पेनाल्टीमा गोल गर्दै लेइस्टरलाई बराबरीमा फर्काए ।

खेलको ५४औं मिनेटमा भार्डीले दोस्रो गोल गर्दै लेइस्टरको अग्रता दोब्बर बनाए । त्यसको चार मिनेट नबित्दै लेइस्टरले पेनाल्टीको मौका पायो, जसमा भार्डीले गोल गर्दै ह्याट्रिक पूरा गरे ।

७७औं मिनेटमा माडिसनले गोल गर्दै लेइस्टरलाई ४–१ गोलको अग्रता दिलाए । ८४औं मिनेटमा एकेले गोल गर्दै सिटीलाई खेलमा फर्काउने प्रयास गरे । तर, ८८औं मिनेटमा पेनाल्टीमा टिलेमान्सले गोल गर्दै लेइस्टरलाई ५–२ गोल अन्तरको जित दिलाए ।

यससँगै लेइस्टरले लगातार तेस्रो जित निकालेको छ । लेइस्टरले पहिलो खेलमा वेस्ट ब्रोम तथा दोस्रो खेलमा बर्नेलीमाथि जित दर्ता गराएको थियो । ९ अंक बनाउँदै ऊ लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

यता, सिटीसँग भने दुई खेलबाट ३ अंक छ । यसअघि सिटीले पहिलो खेलमा वुल्भसमाथि ३–१ गोलको जित निकालेको थियो ।