Rumpum Advertisement

मयांकको शतकमा राजस्थानसामु पञ्जाबको फराकिलो लक्ष्य

Neuro Revised Adv
Koshi Dashain ad
मयांकको शतकमा राजस्थानसामु पञ्जाबको फराकिलो लक्ष्य

विराटनगर, ११ असोज । तेह्रौं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा किंग्स इलेभेन पञ्जाबले आज राजस्थान रोयल्सलाई २२४ रनको फराकिलो लक्ष्य दिएको छ ।

सारजाह क्रिकेट स्टेडियममा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २२३ रन बनायो ।

पञ्जाबका लागि मयांक अग्रवालले १०६ रनको शतकीय इनिङ्स खेले । ५० बलमा खेलेका मयांक आईपीएलको यस सिजन शतक बनाउने दोस्रो खेलाडी बने ।

यस्तै कप्तान केएल राहुलसँग ६९ रनको अर्धशतकीय इनिङ्स खेले भने ग्लेन म्याक्सवेल १३ तथा निकोलस पुरन २५ रनमा अविजित रहे ।

बलिङतर्फ राजस्थानका अंकित राजपुत र टम करनले समान एक–एक विकेट लिए ।

यस खेलमा राजस्थान र पञ्जाब दुवै आफ्नो दोस्रो जितको खोजीमा छन् । राजस्थानले यसअघि पहिलो खेलमा राजस्थानले चेन्नई सुपर किंग्समाथि १६ रनको जित निकालेको थियो ।

पञ्जाब भने तेस्रो खेल खेलिरहेको छ । पञ्जाबले पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरमाथि ९७ रनको जित निकालेको थियो भने दोस्रो खेलमा दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो ।