Rumpum Advertisement

डिफेन्डिङ च्याम्पियन बायर्न होफेनहमसँग पराजित

Neuro Revised Adv
Koshi Dashain ad
डिफेन्डिङ च्याम्पियन बायर्न होफेनहमसँग पराजित

विराटनगर, ११ असोज । जर्मन बुन्डेसलिगामा साविकको विजेता बायर्न म्युनिख पराजित भएको छ । आइतबार राति आफ्नो दोस्रो खेल खेलेको बायर्न होफेनहमसँग ४–१ गोलले पराजित भएको हो ।

होफेनहमको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन आन्द्रेज क्रमारिक दुई गोल गरे भने इर्मिन बिसाकसिस र मुनास डब्बरले समान एक–एक गोल गरे । बायर्नका जोसुआ किम्मिचले एक गोल फर्काए ।

होफेनहमले बिसाकसिसको गोलमा सुरुआती अग्रता बनाएको थियो । खेलको १६औं मिनेटमा गोल गर्दै उनले घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

२४औं मिनेटमा डब्बरले गोल गरेपछि होफेनहमले आफ्नो अग्रता दोब्बर बनायो । ३६औं मिनेटमा किम्मिचले गोल गर्दै बायर्नलाई खेलमा फर्काउने प्रयास गरे ।

तर, खेलको ७७औं मिनेटमा र इन्ज्युरी समयमा क्रमारिकले गोल गर्दै घरेलु टोलीलाई ४–१ गोलको जित दिलाए ।

यससँगै होफेनहमले दुई खेलबाट ६ अंक बनाउँदै शीर्ष स्थानमा उक्लिएको छ । यसअघि उसले एफसी कोल्नमाथि ३–२ गोलको जित निकालेको थियो ।

यता, पराजित बायर्न भने ३ अंकका साथ छैटौं स्थानमा छ । यसअघि उसले पहिलो खेलमा शाल्केमाथि ८–० गोलको फराकिलो जित निकालेको थियो ।