birat ribon

सुनकोसीमा मरे ५० बाख्रा

Neuro
सुनकोसीमा मरे ५० बाख्रा

सिन्धुपाल्चोक, ११ असोज । सुनकोसी गाउँपालिका–७ मा धमाधम किसानका बाख्रा मर्न थालेका छन् । बाख्रा मरेर खोर नै रित्तिन थालेपछि पात्ले, कापिङ र आसपासका किसान चिन्तित बनेका छन् ।

पछिल्लो दुई साताका बीच ५० भन्दा बढी बाख्रा मरिसकेको र मर्ने क्रम नरोकिएको स्थानीयवासी सानु तिमल्सिनाले बताइन् । ‘कतिपयको त खोर नै रित्तिएको छ, धमाधम बाख्रा मरिरहेको छ,’ तिमल्सिनाले भनिन्, ‘गाउँपालिकालाई यसबारे सुनाउँदा कुनै चासो नै दिएन ।’ पीपीआर रोगको सुई माग गर्दा गाउँपालिकाले पठाउन नसकेको उनले गुनासो गरिन् ।

cura insider

गाउँपालिकाले सबै वडामा गरी नौ गाउँ प्रहरी राखे पनि किसानका बाख्रा धमाधम मरिरहँदा औषधोपचारमा दक्ष चिकित्सक खटाउन सकेको छैन । गाउँपालिकाको पशु सेवा शाखामा एकमात्र कर्मचारी छन् । पछिल्लो दुई सातामा कापिङमा स्थानीयवासी सीताराम तिमल्सिना, हरि तिमल्सिना, अर्जुन तिमल्सिना, अनिता तिमल्सिना र अन्यका गरी ४० बढी बाख्रा मरेको छ । ‘मेरो आफ्नै खोरका नौवटा बाख्रा मरिसकेको छ,’ सानुले भनिन् ।

स्थानीयले पशु चिकित्सक पठाइदिन पटक–पटक आग्रह गरेपछि गाउँपालिकाले बनेपाबाट दुई चिकित्सक झिकाएर रोग परीक्षणका लागि पात्ले र कापिङ क्षेत्रमा पठाएको उनले बताइन् । परीक्षण गर्दा रोग पहिचान नभएको र पीपीआरसँग मिल्दो लक्षण देखिएको गाउँपालिका पशु सेवा शाखाका रामचन्द्र जिसीले बताए ।

jackson ribon