birat ribon

आमाको एकतास फोटो

Neuro
आमाको एकतास फोटो

सुष्मा रानाहँमा

कल्कलाउँदो, एक निर्दोष मुस्कान फुत्किएको
पुरानो एक थान फोटो
अथवा
आमाको जवानीको एकतास फोटो सुरक्षित छ मसित ।

cura insider

आफ्नो उमेरभन्दा लगभग बीस वर्ष जेठो
आमाको एकतास फोटो हेर्दा लाग्छ
त्यो समयको चल्तिको ‘पोज’मा
आमाले एक प्रति खुसी धुल्याएको हुनु पर्छ ।

कस्मेटिकको वर्णमाला नदेखेकी मेरी आमाको जोवनले
पहाडको वैंशालु झरनाहरुमा रमाउने यौवन,
लेक–बेसीमा फुल्ने फूलहरुमा भुनुभुनाउने भमरा
वरपीपल चौतारीहरुमा बिसाउने बटुवा,
भन्ज्याङको बिसाउनीमा
एकैछिन जीवनको भारी टेकाउने
भरियाको मन नजितेको कहाँ हो र ?

साकेला गीत गाउँदै
जीवनको सिली फेर्दै
रहरे सोल्टीहरुसँग नजर जुधे पनि
आपाकै मन, प्रेमले जितेर
आमाको गर्भबाट जन्मिएको त हुँ म ।

आमाकै काखमा हुर्किएर आइपुगेँ
ती समुन्द्रहरू तरेर यहाँसम्म
आज मेरै खुसीलाई पछ्याउन
आफ्नो चाउरिएका रेखाहरु लम्काइरहेकी छन्
अझैसम्म एक टुक्रा साहसलाई नटुक्राई
थुप्रै रहरहरु फुत्किसकेको अँगालो फिजाएर
पर्खिरहेकै छ टाढिएका मुटुहरुलाई अँगाल्न ।

अहिले दशकौँपछि फेरि फर्केर
आफ्नै सोह्र वर्षे जोवन हेर्न खोज्दिहुन् आमा
जिन्दगीको पाना पल्टाएर
खै ! त्यहाँ केके देख्दिहुन् र
वर्षौ दुःखका चाङहरुको रमिता हेरेर थाकिसकेका
खडेरीमा समेत वर्षिरहने आँखाहरुले
आफ्नै छाया पनि धमिलो–धमिलोबाहेक ।

कल्कलाउँदो एक निर्दोष मुस्कान फुत्किएको
पुरानो एक थान फोटो
अथवा
आमाको जवानीको एकतास फोटो सुरक्षित छ मसित
र अहिले आमाको फोटोमा आफूलाई हेरिरहेकी छु म ।

jackson ribon