Rumpum Advertisement

बाढीले बगायो एक दर्जन बढी घर

Neuro Revised Adv
Koshi Dashain ad
बाढीले बगायो एक दर्जन बढी घर

विराटनगर, १० असोज । निरन्तरको वर्षासँगै आएको बाढीले रुपन्देहीमा एक दर्जन बढी घर बगाएको छ ।

तिलोत्तमा नगरपालिकामा सात र बुटवल उपमहानगरमा छवटा घर बगाएको हो । लक्ष्मीनगर डाँडामा रहेको सुखौरा खोलाको बाढीले कम्तीमा चारवटा घर, बाख्राको खोर र केही सवारी साधन बगाएको छ । तिनाउ नदीको बाढीले बुटवल १७ रानीगन्ज मनकामना टोलमा एउटा घर र देवदहको चरंगेमा एउटा घर बगाएको छ ।

दर्जनौ घरहरु डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीका बुटवल, तिलोत्तमा, देवदह र लुम्बिनी सांस्कृतिक नगरपालिकामा बाढीले क्षति पुर्याएको छ । रोहिणी नदी बस्तीतिर पसेपछि तिलोत्तमा नगरपालिका–११ भूपू सैनिकमा करिब ५० घर डुबानमा परेका छन् । बाढीका कारण थुनिएका स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए ।