Rumpum Advertisement

सरकारी अस्पतालको भेण्टिलेटर निजीमा

Neuro Revised Adv
Koshi Dashain ad
सरकारी अस्पतालको भेण्टिलेटर निजीमा

खाँदबारी,९ असोज । संखुवासभामा सरकारी अस्पतालका लागि अनुदानमा आएको भेन्टिलेटर निजी अस्पतालमा राखेको पाइएको छ ।

संखुवासभा जिल्ला अस्पतालको भेन्टिलेटर छ महिनायता तुम्लिङटारमा रहेको मनकामना हस्पिटलमा राखिएको हो । तर सो अस्पतालमा पनि भेन्टिलेटर प्रयोगमा आएको छैन ।

निर्माणाधीन अरुण तेश्रो जलविद्युत् आयोजनाले कोरोना सङ्क्रमणका बेला महामारी फैलिने डर भएपछि जिल्ला अस्पतालमा भेन्टिलेटरसहित ९० लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।

सरकारी अस्पतालको भेन्टिलेटर निजी अस्पतालमा नराख्न विपत् व्यवस्थापन समितिले आग्रह गरेपनि मनकामना हस्पिटलले फिर्ता गरेको छैन ।

निजी अस्पतालमा रहेको भेन्टिलेटर फिर्ता गर्न नेकपाका केन्द्रीय सदस्य राजेन्द्र कार्की र नेपाली काँग्रेस जिल्ला सभापति दीपनकुमार श्रेष्ठले माग गरेका छन ।

जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यका अनुसार मनकामना हस्पिटललाई असार मसान्तसम्मका राख्न दिएको अस्पताल अझै फिर्ता नगरेको बताए ।रासस