Rumpum Advertisement

कोरोनाका कारण स्थगित परीक्षा तालिका सार्वजनिक

Neuro Ad
कोरोनाका कारण स्थगित परीक्षा तालिका सार्वजनिक

काठमाडौं, ९ असोज । कोरोना महामारी त्रासका कारण स्थगित भएको परीक्षा लोकसेवा आयोगले सञ्चालन गर्ने भएको छ ।

आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरी परीक्षा सञ्चालनका लागि शाखा अधिकृत र नायब सुब्बाको परीक्षाको कार्यतालिका सार्वजनिक गरिएको जानकारी दिए ।

उनका अनुसार आयोगले न्याय सेवातर्फको लिखित परीक्षा र प्रथम चरणको लिखित परीक्षा सकिसकेका दोस्रो चरणका लिखित परीक्षा सञ्चालनको कार्यतालिका प्रकाशन गरेको हो ।

आयोगले न्याय आगामी कात्तिक १८ देखि र प्रशासनतर्फ दोस्रो चरणको परीक्षा कात्तिक २३ गतेदेखि सञ्चालन हुने गरी परीक्षा कार्यतालिका सार्वजनिक गरेको छ ।

नासुसरहका दोस्रो चरणको परीक्षा ७ मंसिरबाट सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो । रासस