Rumpum Advertisement

हुम्ला सीमाना अध्ययन प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको माग

Neuro Ad
हुम्ला सीमाना अध्ययन प्रतिवेदन   सार्वजनिक गर्न कांग्रेसको माग

काठमाडौं, ९ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुम्लामा नेपाल–चीन सीमाबाट फर्किएको सरकारी टोलीको अध्ययन विवरण तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

चीनले नेपाली भूमीमा संरचना निर्माण गरेको गुनासो आइरहेको अवस्थामा कांग्रेसले विवरण सार्वजनिक गर्न माग गरेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत हुम्लाको नाम्खामा सीमा अध्ययन गर्न स्थलगत भ्रमणमा गएको सरकारी टोली सदरमुकाम सिमीकोट फर्किएको २४ घण्टा पुगिसक्दा पनि अध्ययनको वास्तविक विवरण सार्वजनिक नगरिएकामा असन्तुष्टि व्यक्त गरे ।

काँग्रेसले नेपालको सार्वभौमिकता र सीमासम्बन्धी अत्यन्त संवेदनशील र गम्भीर विषयमा अविलम्ब वास्तविक विवरण सार्वजनिक गरेर नेपाली जनतालाई सुसूचित गर्न सरकारसँग माग गरेको छ ।