Rumpum Advertisement

मोरङमा तीन हजार नाघे संक्रमित, ३३ जनाको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
मोरङमा तीन हजार नाघे संक्रमित, ३३ जनाको मृत्यु

विराटनगर, ९ असोज । मोरङमा कोरोना संक्रमितको संख्या तीन हजार नाघेको छ । शुक्रबार ४१ जनामा संक्रमण पुष्टि मोरङमा संक्रमितको संख्या ३ हजार नाघेकाे हाे ।

संक्रमित मध्ये ३३ जनाको मृत्यु भइसकेको छ । शुकबार मात्रै कानेपाेखरी गाउँपालिका १ का एक पुरुषकाे मृत्यु भएकाे हाे । काेराेनाका कारण माेरङमा ९ महिला र २४ पुरुषकाे मृत्यु भइसकेकाे छ ।

तीनहजार २३ संक्रमित मध्ये १०५४ जना संक्रमण मुक्त भएका छन् । १९३६ जना सक्रिय संक्रमित छन् ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार १४९ छ । जसको आधा संख्या मोरङमा छ । मोरङको विराटनगरमा संक्रमितको संख्या दुई हजार भन्दा बढि छ । विराटनगरमा मात्रै संक्रमणका कारण २२ जनाको मृत्यु भइसकेको छ ।

मन्त्रालका अनुसार मोरङ पछि सुनसरी जिल्ला कोरोनाका कारण प्रभावित छ । सुनसरीमा कोरोना संक्रमितको संख्या १ हजार ६६९ छ । झापामा ८२७ जना कोरोना संक्रमित छन् । सुनसरीमा ६९५ र झापामा ५२० संक्रमण मुक्त भएका छन् ।

उदयपुरमा १३१ जना संक्रमित छन् । अन्य पहाडी जिल्लामा कोरोना संक्रमित दोहोरो अंकामा मात्र छन् ।

मन्त्रालयका अनुसार ताप्लेजुङमा १६, पाँचथरमा ३१, इलाममा ९१, धनकुटामा ४८, तेह्रथुममा ३०, संखुवासभामा ७९, खोटाङमा २४, भोजपुरमा २६, सोलुखुम्बुमा ८ ओखलढुंगामा २४ र प्रदेश १ बाहिरका १२२ जना छन् ।

प्रदेश १ का ६१४९ संक्रमित मध्ये २६५६ जना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमित मध्ये ६१ जनाको मृत्यु भइसकेको छ ।