Rumpum Advertisement

परदेशीको पीडा झल्काउने गीत ‘सम्झेर सानु’ सार्वजनिक (भिडियोसहित)

Neuro Revised Adv
Koshi Dashain ad
परदेशीको पीडा झल्काउने गीत ‘सम्झेर सानु’ सार्वजनिक (भिडियोसहित)

विराटनगर, ९ असोज । ‘द भ्वाइस अफ नेपाल”का विजेता गायक सिडी विजय अधिकरीको स्वर रहेको ‘सम्झेर सानु’ बोलको मार्मिक गीत सार्वजानिक भएको छ ।

उक्त गीतको भिडियोलाई जी२जी नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा दिल खड्काको शब्द तथा संगीत रहेको छ भने गीतलाई फणिन्द्र राईले संगीत संयोजन गरेका हुन् ।

खड्काले सुखी जीवन बिताउने सपना देखेर विदेशिएकाहरूको भावनालाई प्रष्ट रूपमा गीतमा उतारेका छन् ।

अमेरिकामा रहेर गीत रचना र संगीत सिर्जनामा सक्रिय रहँदै आएका खड्काले यो गीतमा परदेशीको पीडा, आफ्नो प्रिय मानिसको सम्झना र नेपालीहरूको महान चाड दसैंको भावलाई समेटेका छन् ।

भिडियोमा धन कमाउन परदेश गएका मानिसले दसैं तिहारलगायतका चाडवाड आएपनि बाध्यताका कारण फर्किन नसक्ने देखाएको छ ।

सार्वजनिक भिडियोमा रोशनी कार्की र राज खड्काको जीवन्त अभिनय देख्न सकिन्छ । गीतलाई राजले नै निर्देशन गरेका छन् ।

बुद्ध थापाले छायांकन गरेको गीतको भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका हुन् ।