Rumpum Advertisement

क्यान्सर पीडित कलाकारको उपचारमा सहयोग गर्ने उपमेयरको आश्वासन

Neuro Revised Adv
Koshi Dashain ad
क्यान्सर पीडित कलाकारको उपचारमा सहयोग गर्ने उपमेयरको आश्वासन

बेलबारी, ९ असोज । क्यान्सर रोगबाट पीडित बनेका कलाकार राघवलाल राजवंशीको उपचारमा सहयोग गर्ने बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले बताएकी छन् ।

बिहीबार जनप्रतिनिधिहरू वडा नं २ की खीना थापा बस्नेत, वडा नं ३ कि निशाकिरण राई वडा नं ४ कि आनन्द मोतेसहित पुगेकी उपमेयर पराजुलीले कलाकार राघवको उपचारमा सहयोग गर्ने बताएकी हुन् । उनको उपचारमा पालिकाको तर्फबाट सहयोग भइरहेको र थप सहयोग गर्ने उनले बताइन् ।  

वडाका जनप्रतिनिधिसहित राघवको घर पुगेकी उपमेयरले आर्थिक अवस्था  दयनीय भएका राघवको परिवारलाई चामल, दाल, नुन, तेल साबुनलगायत खाद्यान्न र अत्यावश्यक सामग्री राहतस्वरूप उपलब्ध गराएकी थिइन् ।

बेलबारी ९ भक्काचोक निवासी कलाकार राघव विगत ७ महिनायता लिभरक्यान्सरका कारण ओछ्यानमा छन् ।