Rumpum Advertisement

विराटनगरमा २४ जना संक्रमित थपिए, प्रदेशमा ८५

Neuro Ad
विराटनगरमा २४ जना संक्रमित थपिए, प्रदेशमा ८५

विराटनगर, ९ असोज । विराटनगरमा २४ सहित प्रदेश १ मा शुक्रबार ८५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४१, सुनसरीमा २५, झापामा १२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ६ जना संक्रमित थपिएका हुन् ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ८ महिला १६ पुरुष, बुढीगंगामा ५, बेलबारी र धनपालथानमा ३–३, मिक्लाजुङ, सुन्दरहरैंचा, उर्लाबारी, जहदा, कानेपोखरीमा १–१ पुरुष र रंगेलीमा १ महिलामा संक्रमण पुष्टि भएको हो ।

सुनसरीको इटहरीमा २ महिला १३ पुरुष, दुहवीमा २ महिला २ पुरुष, इनरुवामा १ महिला २ पुरुष, बर्जुमा १ महिला १ पुरुष, धरानमा १ महिलामा संक्रमण पुष्टि भएको छ ।

झापाको भद्रपुरमा १ महिला ९ पुरुष, बिर्तामोड र दमकमा १–१ महिला, ताप्लेजुङको फङलिङमा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार १४९ पुगेको छ ।

प्रदेश १ मा शुक्रबार ३८ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आइसोलेशन केन्द्र, रंगेलीबाट ९, गढी आइसोलेशन केन्द्रबाट ८, होम आइसोलेशनबाट ८, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट ६, न्युरो अस्पताल विराटनगरबाट ४, मेची अस्पतालबाट ३ जना संक्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६५६ पुगेको छ ।

प्रदेश १ मा आज ६ सय २५ जनाका पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २० महिला र ६५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।