Rumpum Advertisement

असाेजकाे झरी घरमा पस्याे, विराटनगरकाे दक्षिणी क्षेत्र डुबानमा (फोटो फिचर)

Neuro Revised Adv
Koshi Dashain ad
असाेजकाे झरी घरमा पस्याे,  विराटनगरकाे दक्षिणी क्षेत्र डुबानमा (फोटो फिचर)

विराटनगर, ९ असाेज । चार दिनयता परेकाे अविरल भएको वर्षाका कारण विराटनगरका दक्षिणी क्षेत्र डुबानमा परेका छन् ।

मंगलबार बिहानको रातिबाट परेको वर्षाका कारण विराटनगरको दक्षिणी क्षेत्र डुवानमा परेकाे हाे ।

वर्षाका कारण विराटनगर महानगरपालिकाको वडा नं १३, १४, १५ र १६ क्षेत्र जलमग्न बनेकाे छ ।

६ लेन सडकखण्ड र भारतले सीमामा बाधेकाे बाधका कारण दक्षिणी क्षेत्रमा वर्षेनी डुबान हुन थालेको हो ।

सडक अग्लो बनाइएको र मानिस बसोबास गर्ने क्षेत्र गहिरो ठाउँमा भएको र विराटनगर महानगरपालिकाले निर्माण गरेको निकासी नाला सफा नभएकाे स्थानीयकाे गुनासाे छ ।

वडा नं १३, १५ र १६ गरी तीन घर परिवार डुबानका कारण प्रभावित भएका हुन । उनीहरुको घरभित्र पानी पसेको छ भने सडकमा पानी जमेको कारण हिँड्डुल र सवारी आवतजावतमा समस्या भइरहेको छ ।

६ लेन सडक परियाेजना अन्तरगत निर्माण गरिएकाे सडकका कारण विराटनगरकाे दक्षिणी क्षेत्र डुबानमा परेकाे विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए ।

सडकमा पानी निकास नाला नहुँदा बस्तीमा पसेकाे बताउँदै उनले समस्या सामधानका लागि प्रयास भइरहेकाे बताए ।

शुक्रबार विराटनगरमा १२५.४ मिलिलिटर पानी परेकाे हावा पानी कर्यालय विराटनगरले जनाएकाे छ ।