Rumpum Advertisement

इजरायली प्रधानमन्त्री आफ्नो फोहोर कपडा धुन वाशिंगटन पुर्‍याउँछन्

Neuro Revised Adv
Koshi Dashain ad
इजरायली प्रधानमन्त्री आफ्नो फोहोर कपडा धुन वाशिंगटन पुर्‍याउँछन्

विराटनगर, ९ असोज । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र उनको परिवारले वाशिंगटन डीसी जाँदा फोहोर कपडाहरूको सुटकेस लिँदै जानेगरेको बताइएको छ ।  

वाशिंगटन पोष्टका अनुसार नेतान्याहू राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न जाँदा जहिले पनि आफ्ना फोहोर लुगाहरूले भरिएको सुटकेस लैजाने गर्छन्फ जसलाई व्हाइट हाउसका कर्मचारीहरूले नि: शुल्क धोइदिने गर्छन् ।

अमेरिकी अधिकारीका अनुसार नेतान्याहू र उनका परिवारले मात्र यसरी वाशिंगटन जाँदा फोहोर कपडा लिएर जाने गर्छन् । धेरै पटक यहीक्रम दोहोरिएपछि यो जानीजानी गरिएको स्पष्ट भएको बताइएको हो ।

पूर्वराष्ट्रपति बाराक ओबामाको प्रशासनपछि अमेरिकी सरकारले सबै विदेशी नेताहरूको कपडा निःशुल्क धोइदिने सेवा प्रदान गरेको छ ।

हालसालै नेतान्याहू इजरायल, संयुक्त अरब इमिरेट्स र बहराइनबीच सम्झौताको लागि अमेरिकामा थिए । तर, इजरायली दूतावासका प्रवक्ताले अरब देशहरूसँग इजरायलको शान्ति सम्झौताको ध्यानाकर्षण गराउनका लागि कपडाको कुरा निकालिएको स्पष्ट गरेका छन् ।

प्रवक्ताका अनुसार यस भ्रमणमा जनसभाको लागि प्रधानमन्त्रीको सूट र नेतान्याहूकी श्रीमतीको पहिरन मात्र आइरन गरिएको तथा प्रधानमन्त्रीले इजरायलबाट वाशिंगटनको उडानमा लगाएको दुईटा पाइजामा मात्र धोइएको थियो ।