Rumpum Advertisement

आईपीएलका लागि भारत आएका अष्ट्रेलियाका पूर्वक्रिकेटर जोन्सको निधन

Neuro Revised Adv
Koshi Dashain ad
आईपीएलका लागि भारत आएका अष्ट्रेलियाका पूर्वक्रिकेटर जोन्सको निधन

विराटनगर, ८ असाेज । अष्ट्रेलियाका चर्चित पूर्वक्रिकेटर डिन जोन्सको भारतमा निधन भएको छ । इन्डियन प्रिमियर लिग (आईपीएल)को कमेन्ट्रीका लागि स्टार इन्डियासँग आबद्ध भइ भारतको मुम्बईमा रहेका बेला उनको बिहीबार निधन भएको हो ।

आकस्मिक रूपमा हृदयघात भएर उनको ५९ वर्षको उमेरमा निधन भएको हाे । स्टार इन्डियाद्वारा जारी वक्तव्यमा लेखिएको छ, “डिन मेर्भीन जोन्सको निधन भएको जानकारी गराउनु पर्दा हामीलाई अत्यन्त दुःख लागेको छ । यो दुःखद् घडीमा हामी उहाँका परिवारजन, सुवेच्छुक र समर्थकहरूको साथमा छौँ । उहाँको हृदयघातका कारण आकस्मीक निधन भएको हो ।”

उनको अन्त्येष्टिको व्यवस्थापनका लागि आफूहरू अष्ट्रेलियाली उच्च आयोगको सम्पर्कमा रहिरहेको पनि स्टार इन्डियाले जनाएको छ ।

क्रिकेट खेलसम्बन्धी विभिन्न भूमिकामा रहेर लामो समय काम गरेका जोन्सलाई दक्षिण एसियामा क्रिकेटको विकासका लागि महत्वपूर्ण योगदान गरेको व्यक्तिका रूपमा चिनिन्छ ।

उनले क्षमतावान युवा क्रिकेटरहरूलाई प्रोत्साहन र सहयोग गर्ने गर्थे भने उनका दसाैं लाखौँ समर्थकहरू थिए । उनी सन् १९८० देखि १९९० सम्ममा अष्ट्रेलियामा अत्यन्त आक्रामक रूपमा खेल क्षेत्रमा लोकप्रिय थिए ।

चर्चित व्याड्सम्यान डिनले खेल जीवनपछि लामो समय विभिन्न देशमा प्रशिक्षक र कमेन्टेटरका रूपमा क्रिकेट क्षेत्रमा योगदान पुर्याएका थिए ।

डिन अफगानिस्तान क्रिकेट टिमको अन्तरीम प्रशिक्षक भएका थिए भने पाकिस्तान सुपर लिगमा इस्लामाबाद युनाइटेडको मुख्य प्रशिक्षकसमेत भएका थिए ।