Rumpum Advertisement

कप्तान राहुल चम्किँदा बैंग्लोरसामु पञ्जाबको २०७ रनको लक्ष्य

Neuro Revised Adv
Koshi Dashain ad
कप्तान राहुल चम्किँदा बैंग्लोरसामु पञ्जाबको २०७ रनको लक्ष्य

विराटनगर, ८ असोज । तेह्रौं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा किंग्स इलेभेन पञ्जाबले रोयल च्यालेन्जर्स बैंग्लोरलाई २०७ रनकाे लक्ष्य दिएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभर खेल्दा ३ विकेटको क्षतिमा २०६ रन बनायो ।

पञ्जाबका लागि केएल राहुलले अजिवित रहँदै शतकीय पारी खेले । ६९ बल खेलेका उनले ७ छक्का र १४ चाैकाको सहायतामा १३२ रन जोडे । उनी जारी सिजनको आईपीएल शतक प्रहार गर्ने पहिलो खेलाडी बने ।

यस्तै मयंक अग्रवालले २६ रन बनाउँदा करुण नायर अजिवित १५ रन जोडे । निकोलास पुरनले १७ रन बनाउँदा ग्लेन म्याक्स वेल पाँच रनमा आउट भए ।

बैंग्लोरका शिवम दुवेले दुई विकेट लिँदा युजभेन्द्र चाहालले एक विकेट झारे ।

यस खेलमा बैंग्लोर दोस्रो जितको लक्ष्यमा छ भने पञ्जाब पहिलो जितको खोजीमा छ । विराट कोहलीको कप्तानीमा रहेको बैंग्लोरले आफ्नो पहिलो खेलमा सनराइजर्स हैदराबादविरुद्ध १० रनको जित निकालेको थियो ।

यता, पञ्जाब भने पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो ।