Rumpum Advertisement

सन्तोष एक्लैले ‘हुतुतु’ निर्देशन गर्ने

Neuro Revised Adv
Koshi Dashain ad
सन्तोष एक्लैले ‘हुतुतु’ निर्देशन गर्ने

विराटनगर, ८ असोज । निर्माता तथा निर्देशक सन्तोष सेनले कमेडी फिल्म ‘हुतुतु’ एक्लैले निर्देशन गर्ने भएका छन् ।

फिल्म छेतन गुरुङले र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्ने तयारी रहेको थियो । तर, छेतन गुरुङको निधनपछि फिल्मलाई सेनले एक्लै निर्देशन गर्ने भएका हुन् ।

छेतनले मृत्य अगाडि फिल्म आफैंले गर्नु भनेको कारण उनको चाहना पूरा गर्न फिल्म आफैंले निर्देशन गर्न लागेको सेनले बताएका छन् ।

छेतनकै कथामा फिल्म तयार भइरहेको थियो जसकारण फिल्मको स्क्रिप्टको केही काम बाँकी रहेको छ । स्क्रिप्ट लेख्ने काम सकेपछि फिल्मको घोषणासहित छायाँकन मितिसमेत सार्वजनिक गरिने बताइएको छ ।

फिल्ममा मनोरञ्जन क्षेत्रका दिग्गज अग्रज कलाकार हरिवंश आचार्य, राजाराम पौडेल, मउत्स्हे गुरुङ तथा अहिलेका जल्दाबल्दा युवा स्टारहरू प्रदीप खड्का, पल शाह, नाजिर हुसेन, गौरव पहारी, सलोन बस्नेतको प्रमुख भूमिका रहने भएको छ ।

आशुसेन फिल्मस्को व्यानरमा ठूलो लगानीमा निर्माण हुने फिल्मका लागि चाँडै यी पात्रहरूलाई हुतुतु पार्ने मुख्य अभिनेत्री छनौटको प्रक्रिया चलिरहेको छ ।