Rumpum Advertisement

खोलामा डुबेर दुई वर्षीय बालकको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
खोलामा डुबेर दुई वर्षीय बालकको मृत्यु

झापा, ८ असोज । झापाको बिर्तामोडमा खोलामा डुबेर एक नाबालकको मृत्यु भएको छ । विर्तामोड–७ का दुई वर्षीय जीवन मर्डीको घर नजिकैको रेखा खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार राति ९ बजेतिर घरबाट हराएका ती नाबालकलाई आज बिहान खोजी गर्दै जाँदा घर नजिकको खोलामा डुबिरहेको अवस्थामा शव पारेको मृतकका बाबु राजु मर्डीले बताए ।

घर र खोलाको दूरी ३०० मिटर मात्र रहेको प्रहरीले जनाएको छ ।