Rumpum Advertisement

काराबाओ कप : लिभरपुल र सिटी प्रतिस्पर्धामा

Neuro Revised Adv
Koshi Dashain ad
काराबाओ कप : लिभरपुल र सिटी प्रतिस्पर्धामा

विराटनगर, ८ असोज । काराबाओ कपमा लिभरपुल प्रतिस्पर्धामा छ । तेस्रो चरणको खेलअन्तर्गत लिभरपुलले लिन्कन सिटीसँग खेल्दैछ ।

नेपाली समयानुसार राति १२ः३० बजे हुने उक्त खेल लिन्कन सिटीको मैदानमा हुनेछ, जसमा दुवै टोली जित निकाल्दै अघिल्लो चरणमा स्थान बनाउने लक्ष्यमा छन् ।

सोही समय हुने अर्को खेलमा म्यानचेस्टर सिटी र बर्नमाउथले खेल्दैछन् । सिटीको मैदानमा हुने यस खेलमा दुवै टोली एक–अर्कालाई हराउँदै चौथो चरणमा प्रवेश गर्ने लक्ष्यमा छन् ।

त्यसअघि राति ११ः४५ बजे एस्टोन भिल्लाले ब्रिस्टल सिटीसँग खेल्दैछ । यो खेल ब्रिस्टलको मैदानमा हुनेछ ।