Rumpum Advertisement

समाजभित्र रहेका नायकको कथामा ‘सत्यम’ बन्ने

Neuro Revised Adv
Koshi Dashain ad
समाजभित्र रहेका नायकको कथामा ‘सत्यम’ बन्ने

विराटनगर, ८ असोज । कोरोनाले निम्त्याएको लकडाउन हटे पनि लामो समयसम्म पनि फिल्म क्षेत्र खुल्न सकेका छैनन् ।

फिल्मको छायांकन र प्रदर्शनमा रोक लगाए पनि सरकारले चाँडै छायांकन अनुमति दिने आसमा केही निर्माताहरूले नयाँ फिल्मको घोषणा गरिरहेका छन् । यसै क्रममा निर्देशक शंकर कार्कीको निर्देशनमा बन्ने फिल्म ‘सत्यम’ को घोषणा गरिएको छ । फिल्मको पोष्टरसमेत सार्वजनिक गर्दै ‘सत्यम’ को घोषणा गरिएको हो ।

फिल्म समाजभित्र रहेका एक नायकको कथामा आधारित हुनेछ । निर्देशक कार्कीका अनुसार फिल्म नयाँ र पुराना कलाकारको अभिनय रहने छ, तर, को–को कलाकार हुने भन्ने पक्का भने भएको छैन । रेशम सापकोटाले निर्माण गर्ने फिल्ममा कार्यकारी निर्माताको रूपमा श्याम मल्ल रहने छन् । नवयुग सिनेमाको ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्माता सापकोटा आफैंले तयार गरेका छन् ।

सहयोगी निर्मातामा गणेश पौडेल र सहनिर्मातामा रेशम गौतम, कृष्ण अधिकारी र बलराम सुवेदी रहनेछन् । विदुर पाण्डेको छायांकनमा तयार हुने फिल्म अनुमति पाएपछि फ्लोरमा निस्किने तयारी निर्माण टिमले गरेको छ । अहिले फिल्मको प्रि–प्रोडक्सनको काम भइरहेको छ ।

कार्कीले यसअघि फिल्म ‘रोमियो’ निर्देशन गरेका थिए । उनी निर्देशित ‘जस्मिन’ भने प्रदर्शनको पर्खाइमा छ । यो फिल्मपछि काँडेतार र आधा अंशलाई पनि निर्देशन गर्ने छन् ।