Rumpum Advertisement

सुपर कपको उपाधिका लागि बायर्न र सेभिल्ला भिड्दै

Neuro Revised Adv
Koshi Dashain ad
सुपर कपको उपाधिका लागि बायर्न र सेभिल्ला भिड्दै

विराटनगर, ८ असोज । यूईएफएले सुपर कपको उपाधिका लागि आज जर्मन क्लब बायर्न म्युनिख र स्पेनिस क्लब सेभिल्ला आमने–सामने हुँदैछन् । नेपाली समयानुसार राति १२ः३० बजेबाट हुने उक्त खेलमा बायर्न र सेभिल्ला उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् ।

४५औं संस्करणको सुपर कपको फाइनल खेल हंगेरीको पुस्कास एरिनामा हुँदैछ । जसमा बायर्न र सेभिल्ला एक–अर्कालाई हराउँदै उपाधि जित्ने दाउमा मैदान उत्रिनेछन् ।

च्याम्पियन्स लिग विजेताका रूपमा बायर्न म्युनिख र युरोपा लिग विजेताका रूपमा सेभिल्लाले फाइनल खेल्न लागेका हुन् । जर्मन क्लब बायर्न फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० गोलले हराउँदै युरोपियन च्याम्पियन बनेको हो ।

यता, स्पेनिस क्लब सेभिल्लाले इन्टर मिलानलाई ३–२ गोलले हराएर युरोपा लिगको उपाधि जितेको हो । यस खेलमा दुवै टोली दोस्रो पटक सुपर कपको उपाधि जित्ने दाउमा हुनेछन् ।

यसअघि सेभिल्लाले २००६ मा उपाधि जितेको थियो भने बायर्नले २०१३ मा सुपरकपको उपाधि जितेको थियो । त्यसबाहेक सेभिल्ला पाँचौं पटक फाइनलमा पुगेको छ भने बायर्न चौथो पटक फाइनलमा पुगेको छ ।