Rumpum Advertisement

दोस्रो जितको खोजीमा बैंग्लोर, आज पञ्जाबसँग भिड्दै

Neuro Revised Adv
Koshi Dashain ad
दोस्रो जितको खोजीमा बैंग्लोर, आज पञ्जाबसँग भिड्दै

विराटनगर, ८ असोज । तेह्रौं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज किंग्स इलेभेन पञ्जाब र रोयल च्यालेन्जर्स बैंग्लोरले खेल्दैछन् ।

नेपाली समयानुसार साँझ ७ः४५ बजेबाट सुरु हुने खेलमा पञ्जाब र बैग्लोरले खेल्न लागेका हुन् ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बैंग्लोर दोस्रो जितका लागि मैदान उत्रिनेछ भने पञ्जाब पहिलो जितको खोजीमा हुनेछ ।

विराट कोहलीको कप्तानीमा रहेको बैंग्लोरले आफ्नो पहिलो खेलमा सनराइजर्स हैदराबादविरुद्ध १० रनको जित निकालेको थियो ।

यता, केएल राहुलको कप्तानीमा रहेको पञ्जाब भने पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ । पहिलो खेलमा पञ्जाब दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो ।

अघिल्लो सिजनका दुई भेटमा बैंग्लोरले दुवै खेलमा जित निकालेको थियो ।