Rumpum Advertisement

स्वारेज एथ्लेटिको मड्रिडमा अनुबन्धित

Neuro Revised Adv
Koshi Dashain ad
स्वारेज एथ्लेटिको मड्रिडमा अनुबन्धित

विराटनगर, ८ असोज । उरुग्वेका स्ट्राइकर लुइस स्वारेज एथ्लेटिको मड्रिडमा अनुबन्धित भएका छन् । एथ्लेटिकोले प्रतिद्वन्द्वी क्लब बार्सिलोनाका स्टार स्वारेजलाई बिहीबार फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।

३३ वर्षीय स्वारेजसँग डीएगो सिमोन नेतृत्त्वको टोली एथ्लेटिकोले २ वर्षको सम्झौता गरेको छ ।

बार्सिलोनाका नवनियुक्त प्रशिक्षक रोनाल्ड कोइम्यानको योजनामा नपर्ने भएपछि स्वारेजले क्याप नोउ छोडेका हुन् ।

केही समयअघि युभेन्टससँग जोडिएका उनी नागरिकताको समस्याका कारण इटालियन क्लब जान पाएनन् ।

बार्सिलोनाको छ वर्षे बसाइमा स्वारेजले १९८ गोल गरेका छन् । उनी बार्सिलोनाका तेस्रो सर्वाधिक गोलकर्ता हुन्, जो लियोनल मेस्सी र केसारभन्दा पछि छन् ।

सन् २०१४ मा लिभरपुलबाट बार्सिलोनामा अनुबन्ध भएका उनले त्यहाँ २८३ खेल खेलेका थिए ।