Rumpum Advertisement

कवि मुकारुङको ‘ज्यानै हाजिर भो’ सार्वजनिक (भिडियोसहित)

Neuro Ad
कवि मुकारुङको ‘ज्यानै हाजिर भो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौ, ८ असोज । कवि राजन मुकारुङको शब्द र संगीत रहेको ‘ज्यानै हाजिर भो’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गत असोज ५ गतेको दिन मैलिक रैथाने संस्कृतिमा आधारित रहेको सो गीतको सार्वजनिक गरिएको हो । सो गीतमा ब्रबिम शेर्मा र सीता सिंगकको कर्णप्रिय स्वर रहेको छ । गीत मुकारुङले नै संगीत भरेका हुन् । यो गीतमा संगीत भरेसँगै उनी संगीतकारको रुपमा समेत उदाएका छन् ।

पदम राजन मगरको संयोजन, मुस्कान मुकारुङको मिक्सिङ र मास्टरिङ रहेको गीतलाई किरण चाम्लिङ राईले म्युजिक भिडियो बनाएका हुन् । भिडियोमा ब्रबिम शेर्माका साथमा इक्सा मादेन र पुष्पा लिम्बूले अभिनय गरेका छन् ।

थैली इन्टरटेनमेनको प्रस्तुति रहेको सो गीतमा सोम मगरातीको श्रृंगार, भूपेन्द्र तुम्बाहाम्फेको छायांकन र अनिल रानाको सम्पादन रहेको छ । गीतको म्युजिक भिडियो ओरिजिन नेपालमार्फत् हेर्न र सुन्न सकिन्छ ।