Rumpum Advertisement

यस्ता छन् लसुन खानुका बेफाइदाहरू

Neuro Revised Adv
Koshi Dashain ad
यस्ता छन् लसुन खानुका बेफाइदाहरू

विराटनगर, ८ असोज । पछिल्लो समयमा कोरोना भाइरसको संक्रमणबाट बच्न समाचारहरूमा लसुनको सेवन गर्नुपर्छ भन्ने चर्चा चलेको छ ।

योसँगै मानिसहरूले लसुन सेवन गर्ने मात्रा पनि बढाइरहेका छन् । लसुन सामान्य चिसो रोक्नका लागि केही फाइदा हुन सक्छ तर, लसुनले कोभिड १९ को उपचार वा रोकथाम गर्छ भन्ने कुनै राम्रो प्रमाण छैन । भान्सामा दैनिकरुपमा प्रयोग गरिने लसुन तरकारीको स्वाद र वास्ना बढाउनका लागि मात्र नभएर स्वास्थ्य लाभका लागि पनि निकै उपयोगी मानिन्छ ।

औषधिको रुपमा समेत प्रयोग गरिने लसुनका धेरै फाइदा भए पनि बेफाइदा पनि छन् । व्यक्तिगत सरसफाइको अभावका कारणले मात्र नभएर लसुनको सेवनले पनि मुखको खराब गन्धको कारण हुन सक्छ । लसुनमा भएका विभिन्न रसायनहरूका कारण सास गनाउने हुन सक्छ । लसुन सेवन गरेपछि त्यसको साइड इफेक्टको परिणाममा छालामा जलन पैदा गर्ने, चिलाउने, पोल्ने तथा र्‍यासेजसमेत हुन सक्छ ।

काँचो लसुनको सेवनले टाउको दुखाइ निम्त्याउन सक्छ । खानेबित्तिकै टाउको दुख्नेभन्दा पनि प्रक्रियालाई ट्रिगर गर्न सक्छ । विभिन्न अध्ययनहरू अनुसार, काँचो लसुनको सेवनले ट्राइजेमिनल स्नायुलाई उत्तेजित गर्न सक्छ मस्तिष्कको झिल्ली ढाक्न जान्छ र टाउको दुखाइलाई ट्रिगर गर्छ । लसुनको सेवनले योनीको टिश्युहरूमा खमीर संक्रमण बढाउन सक्ने हुदा योनीको संक्रमणबाट पीडित भएका महिलाहरूले लसुन खानबाट जोगिनु पर्छ ।

विभिन्न अध्ययनहरूका अनुसार, काँचो लसुनको अधिक मात्रामा सेवनले बान्ता र मुटुको दुखाइ हुन सक्छ । त्यसो हुन नदिन, लसुनको सेवनलाई सीमित गर्नु पर्छ । लसुनले हाम्रो ग्यास्ट्रोइन्टेस्टाइनल ट्याकमा जलन पैदा गरी ग्याष्ट्रिकको समस्या हुने गर्छ ।