Rumpum Advertisement

पेट ठूलो भएको मानिस प्रारम्भिक मृत्युको उच्च जोखिममा

Neuro Revised Adv
Koshi Dashain ad
पेट ठूलो भएको मानिस प्रारम्भिक मृत्युको उच्च जोखिममा

विराटनगर, ८ असोज । अत्यधिक पेट ठूलो भएको मानिसलाई कुनै पनि रोगबाट प्रारम्भिक मृत्युको उच्च जोखिमसँग सम्बन्धित रहेको अध्ययनले देखाएको छ ।

महिलाहरूको पेटमा प्रत्येक १० सेन्टिमिटर वृद्धिले कुनै पनि कारणबाट मृत्युको जोखिमलाई ८ प्रतिशतले बढाएको देखायो । त्यस्तै, पुरुषहरूका लागि पेटमा प्रत्येक १० सेन्टिमिटर वृद्धिले मृत्युको जोखिमलाई १२ प्रतिशतले बढायो । २५ लाखभन्दा बढी सहभागीहरू समावेश गरी तीनदेखि २४ वर्षसम्म गरिएको ७२ अध्ययनहरूको विश्लेषणपछि यी निष्कर्षहरू निस्किएका हुन् ।

पेटको बोसो बढेर भएको मोटोपनाका कारण मानिसहरू धेरै रोगहरूसँग बढी सम्बन्धित हुन्छन् । पेटको बोसो बढ्दै जादा कलेजो, प्यानक्रियाज र आन्द्राको वरिपरिलगायतका विभिन्न आन्तरिक अंगहरूमा एक अद्वितीय प्रकारको फ्याटको निर्माण हुन्छ । यसलाई भिज्रल फ्याट वा सक्रिय फ्याट भनिन्छ किनभने यसले प्रोटिनलाई लुकाएर हर्मोनको कार्यमा असर पार्छ ।

अत्यधिक पेटको बोसोले इन्सुलिनको प्रतिरोधात्मक क्षमता बढाउछ, जसले टाइप २ मधुमेह, उच्च रक्तचाप, अधिक कोलेस्ट्रोल, हृदय रोग, केही क्यान्सर र अल्जाइमर रोगको निम्त्याउने गर्छ ।