Rumpum Advertisement

एक हजार दुई सयले घट्यो सुनको भाउ

Neuro Revised Adv
Koshi Dashain ad
एक हजार दुई सयले घट्यो सुनको भाउ

काठमाडौ, ८ असोज । पछिल्ला केही दिनयता नेपाली बजारमा पहेँलो धातुको मूल्यमा लगातार गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारदेखि सुनको भाउ निरन्तर ओरालो लागेको छ ।

सोमबार प्रतितोला ९७ हजार २०० मा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार प्रतितोला एक हजार ७००, बुधबार एक हजार २०० र आज प्रतितोला एक हजार २०० ले घटेको छ ।

महासंघले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार १०० र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६०० तोकेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८०० कायम भएको थियो । यस्तै बिहीबार चाँदीको मूल्यमा पनि प्रतितोला ७० ले गिरावट आएको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार १२० तोकिएको छ ।